सदरलाइनडटकम,
काठमाण्डौ : अफ्रिकी देश सोमालियामा कार बम बिस्फोट हुँदा २० जनाको ज्यान गएको छ । राजधानी मोगादिसुको व्यस्त क्षेत्रमा शनिवार बिहान बिस्फोट भएको हो । मोगादिसुको चेकपोइन्टमा भएको बिष्फोटमा २० जना भन्दा बढीको मृत्यु भएको पुष्टि प्रहरी अधिकारी इब्राहिम मोहम्मदले गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
सोमालियामा अल–कायदा सम्बद्ध अल–शबाबले विगत १० वर्ष भन्दा बढी समयदेखि हिंसात्मक गतिविधि गर्दै आएको छ । विष्फोटको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । (एजेन्सी)
