सदरलाइनडटकम,
नेपालगन्ज : बाँकेमा बिहीवार १३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा कोहलपुरका १, राप्तीसोनारीका ६, बैजनाथका ४ र खजुराका २ जनामा संक्रमण पुष्टि भएको हो ।


अस्पतालका अनुसार कोहलपुर नगरपालिका २ का १९ वर्षिय पुरुष, खजुरा १ र ७ का ३७ र १८ वर्षिय पुरुष, राप्तीसोनारी ७ का २२ वर्षिय एक महिलासहित २०, २२, २३ र २४ वर्षका पुरुष, राप्तीसोनारी ६ का १७ वर्षिय पुरुष र बैजनाथ ३ का २२, २२, २४ र एक जना उमेर नखुलेका गरी ४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । १ सय ५५ जना निको भएर घर फर्किँदा १ जनाको भने मृत्यु भएको छ । भेरी अस्पतालमै गरिएको परिक्षणमा रोल्पाको सुनिलस्मृति गाउँपालिकाका १४ जनामा संक्रमण देखिएको छ ।