सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ५ सय ५४ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार १ सय २० जना महिला र ४ सय ३४ पुरुष थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार तीन सय ९ पुगेको छ ।
यस्तै शनिवार १८ महिला र १ सय १८ पुरुष गरी १ सय ३६ जनाले डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३७ पुगेको छ ।


