सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा एक मिनी ट्रक दुर्घटनामा परेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ८ स्थित शम्शेरगञ्ज नजिक रा १ ख ९३५ नं. को मिनी ट्रक दुर्घटनामा परेको हो ।
दाङको घोराहीबाट टमाटर लिएर नेपालगञ्ज आउँदै गरेको उक्त ट्रक सडकको खाल्डोलाई बचाउने क्रममा ट्रक अनियन्त्रित भई पल्टेको प्रहरी चौकी ढकेरीका प्रहरी सहायक निरीक्षक कुमार केसीेले जानकारी दिए ।


