सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरमा ३ सय ३४ जना नयाँ कोरोनाका संक्रमित भेटिएका छन् ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको जानकी गाउँपालिका वडा नं. १ का ४० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै नेपालगञ्ज वडा नं. १२ र १५ मा एकएक जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । यस्तै कोरोनाबाट १० जनाको मृत्यु भएको छ भने २ सय ९० जना निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


