सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा रहेका ८ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन । डुडुवा गाउँपालिका वडा नं. ४ शाहपुर्वा क्वारेन्टाइनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।
कोरोना भाइरसको संक्रमण देखिएपछि १८ औ दिनमा उनीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले स्वास्थ्य परामर्श दिई विदाई गरेका थिए । डुडुवामा कुल २५ जना कोरोना संक्रमित रहेका छन् । ८ जना घर फर्किएपछि अहिले १७ जना आइसोलेशन वार्डमा रहेका छन ।


