सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरामा विभिन्न क्वारेन्टिनमा रहेकाहरुको पिसिआर जाँच तीव्र पारिएको छ । हालसम्म खजुरामा ३ सय ३८ जनाको पिसिआर गरिएको छ ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले स्वाव संकलन गरि पिसिआर जाँच गर्ने कर्यमा तीव्रता दिएको बताए । हालसम्म ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको खजुरा गाउँपालिका सूचना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार खजुरामा २४ वटा क्वारेन्टिन स्थापना गरिएकोमा २२ वटामा हाल १ हजार ७३ जना रहेका छन् । १ सय १९ जना स्वास्थ्य जाँचपछि घरमा फर्किएका छन् ।


