सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा बुधवार कोरोना भाइरसका ६२९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२९ संक्रमित थपिएका हुन् । कुल कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ३३८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ११४ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १०६ पुरुष रहेका छन् ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा ७८ हजार ६३९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ३६६ कोरोना संक्रमितहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।


