सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके १३ जनाले कोरोना जितेका छन् । नेपालगञ्ज खजुरोडस्थित लायन्स डेन्टल अस्पतालमा रहेका नरैनापुर गाउँपालिकाका १२ जना र खजुरास्थित क्यान्सर अस्पतालमा रहेका नेपालगञ्जका १ जनालाई शुक्रवार डिस्चार्ज गरिएको हो ।
उनीहरुको दोस्रो पटक पिसिआर परिक्षण गर्दा नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिृकत एव कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । कोरोनालाई जीतेर घर फर्कन लागेका नरैनापुरका १२ जनालाई फुलमाला तथा दोसल्लाले सम्मान गर्दै बिदाई गरिएको छ ।
दोसल्ला ओढाउन नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर लगायत उपस्थिति भएका थिए । बाँकेमा योसंगै कोरोनाबाट निको हुनेको संख्या ४२ पुगेको छ भने एक जना नरैनापुरका युवाले ज्यान गुमाएका छन् ।


