सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नरैनापुरका ३ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार वडा नम्बर १, ३ र ५ का १८, २५ र २० वर्षका युवा कोरोना जितेर शुक्रवार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
नरैनापुरमा एक मृतकसहित ११४ जनामा संक्रमण देखिएको हो । दाङमा उपचाररतमध्ये ३ जना डिस्चार्ज भएका हुन् । बाँकेमा कोरोना जितेर घर फर्कनेको संख्या २७ पुगेको छ ।
