ब्राउन सुगर र चरेशसहित छ जना प्रहरी नियन्त्रणमा

१९ असार २०७३, आईतवार ०३:२२
 

सदरलाइनडटकम
१९ असार, नेपालगन्ज : बाँके प्रहरीले अवैध लागु औषधको कारोबारमा संलग्न भएका ६ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार अबैध ब्राउन सुगरसहित जमुनाहबाट दुईजनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । प्रहरीले उनीहरुको साथबाट ८ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार भे ५ प ५९०१ नंबरको पल्सर मोटरसाईकलमा भारतको नानपाराबाट लुकाई छिपाई नेपाल ल्याउदै गरेको अवस्थामा नेपालगन्ज–२० जमुनाह चोकबाट पक्राउ गरेको हो ।
सो लागु औषधसहित पक्राउ पर्नेमा नेपालगन्ज–६ को २० वर्षिय सन्दिप गुप्ता, सोही ठाँउका वर्ष २१ का सन्दिप कार्की रहेको प्रहरीले जनाएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय कोहलपुरले २ ग्राम २६ मिलि ग्राम ब्राउनसुगर र सो ब्राउनसुगरलाई सानो ईकाइमा बनाएर बेच्ने उपकरण सहित दुई जनालाई नियन्त्रणमा लिएर लागू औषध कारोबार सम्बन्धी मुद्दा चलाएको जनाएको छ ।
ईप्रका कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लेले दिएको जानकारी अनुसार कोहलपुर–११ का ४० वर्षिय खितन थारु र कोहलपुर–८ का नारायण श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसंधान पुरा गरी लागू औषध कारोबार सम्बन्धी मुद्दा चलाएको हो ।
यसैगरी ईप्रका कोहलपुरले नै कोहलपुर बसपार्क क्षेत्रबाट १२ किलो चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । प्रहरीले हुम्ला सिमिकोट –९ का नन्द सुनार र बाजुरा गोथ्री–८ का दिपक भण्डारीका साथबाट सो चरेश बरामद गरेको थियो । प्रहरीले आवश्यक अनुसंधान पुरा गरी मुद्दा चलाएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टेलिकममा कार्यरत सेक्युरिटी मजदुर न्यूनतम ज्याला कार्यान्वयनको माग गर्दै आन्दोलनमा

१९ असार २०७३, आईतवार ०३:२२
सदरलाइनडटकम १९ असार, नेपालगन्ज : नेपाल टेलिकममा मध्यपश्चिम विकास क्षेत्र अन्तरगतका कार्यालयहरुमा सुरक्षागार्डको रुपमा कार्यरत सेक्यूरिटी राज्यले तोकेको न्यूनतम ज्याला कार्यान्वयनसहित ९ बुदे मागपत्र अघि सार्दै आन्दोलनको घोषणा गरेका छन् । अखिल नेपाल सेक्युरिटी मजदुर संघको अगुवाईमा टेलिकममा कार्यरत १सय ५५ जना सेक्यूरिटी गार्डहरुले राज्यले तोकेको न्यूनतम ज्याला ९ हजार […]