सामूहिक बलात्कारको आरोपमा घोराहीबाट दुई जना पक्राउ

सदरलाइन संवाददाता २९ फाल्गुन २०७९, सोमबार १३:५७
 

नेपालगञ्ज : सामूहिक बलात्कारको आरोपमा दाङमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।

घोराहीमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका १७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन् ।


शुक्रबार राति साढे १ बजे घोराही उपमहानगरपालिका १७ स्थित बेलभारमा बास मागेर श्रीमान आगनमा सुतिरहेको अवस्थामा कुटपिट गरी महिलालाई सामूहिक बलात्कार गरेको शनिबार दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वलीले बताए ।

पक्राउ परेका दुवै जनाको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक वलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पपुवा न्यूगिनीमाथि नेपालको शानदार जीत

२९ फाल्गुन २०७९, सोमबार १३:५७
नेपालगञ्ज : नेपालले आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो अन्तिम खेलमा पपुवा न्यूगिनीलाई ९ विकेटले पराजित गरेको छ । आज भएको खेलम नेपालले पपुवा न्युगिनी पीएनजीलाई ९ विकेटले हराएको हो । ९६ रनको झिनो चुनौती नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । आसिफ […]

सम्बन्धित