ठुलो मात्रामा लागुऔषधसहित रुपईडिहामा एक नेपाली पक्राउ

सदरलाइन संवाददाता २१ मंसिर २०७९, बुधबार १७:५७
 

नेपालगञ्ज : नेपालगञ्जको सीमासँगै जोडिएको भारतीय बजार रुपईडिहामा करिब ६५ लाख रुपैयाँ बराबरको लागुऔषधिसहित एक नेपाली पक्राउ परेका छन् ।

रुपाईडिहा थानाका अनुसार मंगलवार १ बजे स्टेशन रोड रुपईडिहाबाट ६५ लाख नेपाली रुपैयाँ बराबरको १३२ ग्राम स्मेकसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ बसुदेवपुरका सागर भन्ने व्यक्ति पक्राउ परेका हुन् ।

भारतीय जिल्ला बहराईचले सञ्चालन गरेको अपराध एवं अपराधी रोकथाम अभियानअन्गर्तत मंगलवार राती गस्तीमा रहेको टोलीले स्मेकसहित सागरलाई पक्राउ गरेको हो ।


रुपईडिहा थानाका प्रभारी निरीक्षक श्रीधर पाठकको नेतृत्वमा वरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिंहसहितको गस्ती टोलीले रेलवे मालगोदाम रोडबाट शंका लागेर जाँच गर्दा सागरको पेटबाट उक्त स्मेक फेला पारेको थियो ।

पक्राउ परेका सागरले दिएको बयानका आधारमा संलग्न अन्य व्यक्तिको पनि नाम र ठेगानको भारतीय प्रहरीले पहिचान गरेको छ । सागरविरुद्ध रुपईडिहा थानामा मुद्दा दर्ता गरी बुधवार जिल्ला अदालत बहराईच पठाइएको भारतीय प्रहरीलाई उद्धृत गर्दै रुपईडिहाबाट पत्रकार सन्तोष शुक्लाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डिपोमा इन्धन भरिए पनि जहाजमा ‘रिफिल’ भएन

२१ मंसिर २०७९, बुधबार १७:५७
दाङ : दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको ६ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना […]