लकडाउनमा बढ्दै लैंगिक हिंसा

१६ जेष्ठ २०७७, शुक्रबार १६:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोनाको बढ्दो संक्रमणका बेला पनि बाँकेमा लंैगिक हिंसामा कमी नआएको पाइएको छ । लकडाउनकै अवधीमा घरेलु हिंसा, जवरजस्तीकरणी, यौन दुब्र्यवहारलगायतका घटना वृद्धि भएको पाइएपछि सम्बाद समूहले सरोकारवाला निकायको ध्यानाकर्षणसँगै घट्ना न्यूनीकरण र न्यायका लागि आवश्यक सम्वाद गरेको छ ।
प्रहरी, स्थानीय सरकारलगायत सरोकार पक्षले गरिरहेको पहल र थप सहकार्यका सन्दर्भमा सम्वाद समूह बाँकेले शुक्रवार भर्चुअल सम्वाद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, स्थानीय सरकार उपप्रमुख, अधिकारकर्मी र सम्वादकर्ताबीचको अन्तरक्रियामा महिला हिंसाका घटना, स्वरुप, प्रवृती, भइरहेको पहल र अबको आवश्यक्ताका विषयमा सम्वाद गरिएको थियो ।
सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्वारा सहजीकरण गरिएको सम्वादमा अधिकांशले कोरोनाको बढ्दो संक्रमणमा सरकारका मौज्दात संयन्त्रले सहज र प्रभावकारी काम गर्न नसकेको जिकिर गर्दै नयाँ संयन्त्रमार्फत न्याय सम्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले कोरोना संक्रमणको सन्त्रास र लकडाउनकै अवधीमा पनि लैंगिक हिंसाका घटनामा कमी नभएको स्वीकारे ।
लकडाउन लागु भएदेखि हालसम्म बाँकेमा ६७ वटा लैंगिक र महिला हिंसासँग सम्वन्धित घटना दर्ता भएको उनले जानकारी दिए । कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित गरिएपनि प्रहरी समक्ष आएका महिला ंिहंसाका घटनामा भने अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले दाबी गरे ।
बाँके प्रहरीको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जका अनुसार चैत्र ११ देखि चैत्र मसान्तसम्म १७ वटा, वैशाखमा ३६ वटा, जेठ १५ गते सम्म १४ वटा घटना दर्ता भएका छन् । लकडाउन अबधीमा सबै भन्दा बढी घरेलु हिंशाका घटना दर्ता भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले मौज्दात सरकारी संयन्त्रले मात्र महिला हिंसालगायतका घटनाको न्यूनीकरण र न्याय दिनसक्ने अवस्था नरहेको भन्दै सरोकार पक्षबीचको सम्वादमार्फत नयाँ संरचना निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
न्यायिक समिति संयोजक एवं सम्वाद समूह सदस्यसमेत रहेकी थापामगरले प्रहरीले घटनाको गाम्भिर्यताका आधारमा प्राथमिकीकरण गरि अनुसन्धान र न्यायको प्रक्रिया अघि बढाउनु पर्ने बताइन् ।
यस्तै खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले फौजदारी घटनामा न्यायिक समितिले न्याय दिनसक्ने अवस्था नरहेको भन्दै त्यस्ता घटनाको सही सूचना प्रहरीसम्म पुर्याउने बातावरण बनाउन आवश्यक रहेको बताइन् ।
अधिकारकर्मी कमला पन्तले हिंसाका घटनाको तत्काल सम्वोधन र पीडितलाई थप पीडित हुन नदिन संरक्षण गर्ने सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाल मानवअधिकार संगठन बाँकेका सभापति एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रहरीको एकल पहलले मात्र हिंसा रोक्न नसकिने भन्दै सबै पक्षको सहकार्य आवश्यक भएको बताए ।

Next Post

बाँकेमा थप १० जनामा कोरोनाको पुष्टि

१६ जेष्ठ २०७७, शुक्रबार १६:५१
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । डुडुवा गाउँपालिकामा १० सहित शुक्रवार १ सय ७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जनालाई कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृतकको […]

सम्बन्धित

ताजा अपडेट