सदरलाइनडटकम,
नेपालगञ्ज : सोमवार बेलुका ६ जना नयाँ संक्रमित थपिएसँगै देशभरीमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।
जसअनुसार अछाम मेल्लेखका १ जना, बर्दिया गुलरिया १० का २, गुलरिया २ का १ जना, पर्सामा १, काठमाण्डौका १ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
हालसम्म १ सय १२ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
