न्यूनतम पारिश्रमिक मागगर्दै नेपालगञ्ज मेडिकल कलेजका नर्सिङ्गस्टाफ चरणबद्ध आन्दोलनमा

३ मंसिर २०७६, मंगलवार १३:३९
 

सदरलाइन / लक्ष्मी तिमिल्सेना
नेपालगञ्ज  :  लडबुद्व एजुकेशनल एकेडेमीका ट्रेनि स्टाफ नर्सहरुलाई न्युनतम पारिश्रमीक समेत नदिई काम गराएको भन्दै नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियन र लडबुद्व एजुकेशनल एकेडेमी कर्मचारी संघठनले विरोध प्रर्दशन गरेको छ ।
संघठनका कार्यबाहक सभापति मुस्लिम खाँनले लडबुद्व एजुकेशनल एकेडेमीका ट्रेनि स्टाफ नर्सहरुले सुब्बा सरहको तलब पाउनु पर्ने भए पनि श्रम मन्त्रालयले तोकेको न्युनतम पारिश्रमीक १३ हजार ४ सय ५० रुपैया समेत एकेडेमीले नदिएको भन्दै आक्रोश व्यक्त गरे ।
विरोध कार्यक्रममा बोल्दै नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खाँनले एकेडेमी प्रशासनले आफ्ना मागहरु पुरा नगरे बुधबारबाट नीतिगत आन्दोलनमा जाने बताए । उनले एकेडेमीले मौखिक आश्वासन भन्दा पनि लिखित प्रतिबद्वता जनाउनु पर्नेमा जोड दिए ।
यस्तै एकेडेमीमा कार्यरत करीब १ हजार ५ सय भन्दा बढी कर्मचारीलाई समेत असोज र कात्तिकको गरि २ महिनाको पारीश्रमीक समेत नदिएको लडबुद्व एजुकेशनल एकेडेमी कर्मचारी संघठनका महिला उपसभापति सुमन गिरीले जानकारी दिईन ।
यता एकेडेमीले थोरै पारिश्रमिक दिने गरेको भए पनि समयमै नदिएकाले आफ्ना आधारभुत आवश्यकता समेत पुरा गर्न नसकिएको एकेडेमीका ट्रेनि स्टाफ नर्स आस्था श्रेष्ठले बताईन ।
आईतबारबाट हरेक विहान साढे नौ बजेदेखि साढे १० बजेसम्म हरेक डिपार्टमेन्टमा १ जना रहने गरि सेवाग्राहीलाई मर्का नपर्ने गरि विरोधका कार्यक्रम गर्दै आईरहेको छ । लडबुद्व एजुकेशनल एकेडेमीका सबै शाखाहरुमा करिब ३२ देखि ४० जना सम्म ट्रेनि स्टाफ नर्स कार्यरत रहेका छन् ।

Next Post

नेपालगञ्ज म्याराथनसंग धारा, अर्शिवाद र राष्ट्रिय बाणिज्य बैंक जोडिए

३ मंसिर २०७६, मंगलवार १३:३९
सदरलाइनडटकम, नेपालगञ्ज   : सामाजिक सद्भावको शहरलाई खेलकुदको शहर बनाउने उदेश्यले सुरुवात गरिएको नेपालगञ्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी मंसिर ७ गते पाँचौ संस्करण नेपालगञ्जमा हुने छ । आयोजक क्रियटिभ ह्याण्ड्सका अनुसार सो म्याराथनलाई अब ‘धारा नेपालगञ्ज म्याराथन’ को नामले धारा तोरीको तेलसंग हातेमालो गर्दै आर्शिवाद पेन्ट्स र […]