बाँकेका थप ५१ जना कोरोनामुक्त

५ भाद्र २०७७, शुक्रबार १३:१९
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ५१ जना कोरोनमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त भएर घर फर्किनेको संख्या ५ सय ४७ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कौशिल्यानगर आर्मी आइसोलेशन, नेपालगञ्ज मेडिकल कलेज चिसापानी आइसोलेशन, होटेल सिटी प्यालेस, खुल्ला कारागार, सुशील कोइराला क्यान्सर अस्पताल आइसोलेशन, आदर्शनगर आइसोलेशन र लायन्स डेण्टल अस्पताल आइसोलेशनबाट उनीहरु डिस्चार्ज भएका हुन् ।


बाँकेमा पहिलोपटक एकै दिन यति ठूलो संख्यामा संक्रमितहरु कोरोना जितेर डिष्सर्ज भएका हुन् । शुक्रवार डिस्चार्ज हुनेमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पत्रकार खगेन्द्र दाहाल, युवा नेता हुकुम केसीलगायत रहेका छन् ।

अब आइसोलेशनमा बाँकेका २ सय ३६ र अन्य जिल्लाका ३ गरी २ सय ३९ जना छन् । हालसम्म ७ सय ८७ जनामा कोरोना पुष्टि हुँदा ४ जनाको भने मृत्यु भएको छ ।

Next Post

हिन्दु नारीहरुले शुक्रवार तीज मनाउँदै

५ भाद्र २०७७, शुक्रबार १३:१९
नेपालगञ्ज : हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज शुक्रवार नाचगान र पूजा उपासना गरेर मनाईँदैछ । शुक्रवार व्रत बसेर शिव पार्वतीको पूजा आराधना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । बिहीवार राति मिठा एवं पोषिला परिकार दरका रुपमा खाएर व्रतको पूर्व तयारी गरेका व्रतालु शुक्रवार बिहानै […]