लकडाउनकै बीचमा नरैनापुरमा सांसद नमुनाको अगुवाईमा विद्युतिकरण सुरु

१३ जेष्ठ २०७७, मंगलवार ००:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरना भाइरसको संक्रमण बढ्दै जाँदा बाँकेको नरैनापुर क्षेत्रमा आईसोलेशन अस्पताल र गुणस्तरीय क्वारेन्टाईन निर्माणको लागि दु्रत गतिमा विद्युतीकरणको लागि पहल भएको छ ।

सो क्षेत्रबाट प्रदेश सभामा निर्वाचित माननीय कृष्णा केसी नमुनाको अनुरोधमा लकडाउनकै बीचमा नरैनापुरमा बिद्युतिकरणको काम पुनः सुचारु भएको छ । जुन लकडाउनको कारण प्रभावित भएको थियो ।

प्रदेश सांसद नमुनाले राप्तीपारीको नरैनापुर क्षेत्रमा विद्युतीकरणको लागि पहल गर्नको लागि गत जेष्ठ ७ गते ५ नम्बर प्रदेश डिभिजन बिद्युत प्राधिकरण नेपालगञ्जमा डिभिजन प्रमुख मुनेन्द्र ठाकुरसंग छलफल गरेकी थिईन ।

पछिल्लो समय नरैनापुर क्षेत्रमा कोरोना भाईरस संक्रमित संख्या निकै बढी भएको कारण सो क्षेत्रमा विद्युतिकरणको अभावले त्यस क्षेत्रमा क्वारेन्टाईन र आईसोलेसन अस्पताल बनाई उपचार गर्न निकै कठिनाई रहेकोले तुरुन्त बिद्युतिकरण गर्ने निर्णय गराउन सफल भएकी थिईन ।


५ नम्बर प्रदेश डिभिजन बिद्युत प्राधिकरण नेपालगञ्ज डिभिजन क्षेत्रीय कार्यालयले सो कार्यको लागि फिल्डमा खट्ने प्राविधिक सहितका १६ जना, २ मोटरसाईकल सहित १ जीप सञ्चालनको लागि जिल्ला प्रशसान कार्यालय बाँकेबाट अनुमति लिएको छ ।

 सो निर्णय कार्यान्वयनमा ल्याउन सोमबारदेखि नरैनापुरमा बिद्युतिकरनणको काम शुरु भएको उनका स्वकिय सचिव तथा युवा नेता सुर्यप्रकास घर्तीमगरले जानकारी दिए । उनले रेणु कन्ट्रक्सन कम्पनी प्रालिले यस अघि लकडाउन हुनुपूर्व नरैनापुरको बिद्युतिकरण गर्ने सम्झौता गरी केही काम समेत सुरु गरी सकेको बताए ।

लामो समयदेखि राप्तीपारीको बघौडा क्षेत्रको विकास तथा बिद्युतिकरण आश्वासनमा मात्रै सिमित रहदै आएकोमा सो क्षेत्रबाट आफु निर्वाचित हुनु पूर्वदेखि नै सांसद नमुनाले बाटोघाटो तथा विद्युतिकरणको लागि प्रत्यक्ष पहलकदमी उठाउदै आएकी थिईन ।

राप्तीपारी दु्रतगतीमा काम गर्दै विद्युत पुराउन सके दशकौदेखिको अलपत्र रहेको योजनाले पूर्णता पाउदै नरैनापुरका जनाताले गुणस्तरिए स्वास्थ्य सेवा तथा आईसोलेशन अस्पताल आफ्नै घर दैलोमा पाउने छन् ।

Next Post

गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

१३ जेष्ठ २०७७, मंगलवार ००:१३
सदरलाइनडटकम, गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पोखरेलले मंगलवार विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रण भएको जानकारी दिएका हुन् । गुल्मीमा सोमवार २ जनामा संक्रमण पुष्टि भएको थियो । अर्का संक्रमित भारतबाट आएर पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको व्यक्ति भएको पोखरेलले […]