बैजनाथ गाउपालिकामा एमाले–माओवादी केन्द्रबीच झडप

४ असार २०७४, आईतवार २०:२४
 

सदरलाइनडटकम 
४ असार, नेपालगन्ज : बाँकेको बैजनाथ गाउपालिकामा एमाले–माओवादी केन्द्रबीच झडप भएको छ । मनोनयन दर्ता गरेर बाहिर सडकमा कोणसभा गर्दै गरेको बेला सो झडप भएको एमाले बैजनाथ गाउपालिकाका सचिव प्रेम सुवेदीले जानकारी दिए ।
उनले भने–‘ मनोनयन दर्ता गरेर फर्केसंगै बाहिर सडकमा कोण सभा राखेका थियो स्थानीय तथा सोही निर्वाचन क्षेत्रका एमाले सांसद दलबहादुर सुनारले सभालाई सम्बोधन गर्दै हुनुहुन्थ्यो त्यतिकैमा माओवादी केन्द्रका तर्फबाट कोण सभा विथाल्ने गरी साउण्ड सिस्टममा ठूलो आवाज गरेर सभातिर फार्काइदिए पनि झडप भएको हो ।’ सो झडपमा परी केही घाइते भएको उनले बताए ।
बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक टेकप्रसाद राईले एमालेले मनोनयन गरेर पर्कदा बाटोमा कोणसभा नगर्न भनेर प्रहरीले आग्रह गर्दा गर्दै नमान्दा सो घटना भएको बताए । उनले स्थितिलाई नियन्त्रणमा लिनको लागि केही राउण्ड हवाई फायर र केही सेल अश्रु ग्यास प्रहार गरिएको बताए । उनले एक पब्लिक सहित दुई प्रहरी घाइते भएको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवारी दर्तापछि एमालेको प्रचार अभियान तीब्र  उम्मेदवारी दर्तापछि एमालेको प्रचार अभियान तीब्र

४ असार २०७४, आईतवार २०:२४
सदरलाइनडटकम ५ असार, नेपालगन्ज : स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्तापछि नेकपा एमाले, बाँकेका उम्मेदवारले सोमबार आ–आफ्नो निर्वाचन क्षेत्रमा मत माग्नको लागि विविध कार्यक्रम गर्दैछन् ।  नेपालगन्जका मेयर र उपमेयरका उम्मेदवारको तीन ठाउँमा कार्यक्रम तय भएको एमाले बाँकेको प्रचार सचिवालयले जनाएको छ । प्रचार सचिवालयका अनुसार विहान आठ बजे वडा नं. […]