नेपालगञ्ज नाकाबाट पर्यटक आउन सकेनन्

सदरलाइन संवाददाता ६ माघ २०८०, शनिबार १७:२७
 

नेपालगञ्ज : नेपालगञ्जमा पर्यटकीय गतिबिधिलाई प्रोत्साहित गर्न दैनिक जसो अनेक कार्यक्रम भइरहन्छन् । तर भारतका कारण यो नाका हुँदै आउने तेस्रो मुलुकका पर्यटकको आगमन कोभिड१९ पछि ठप्प रहेको तथ्यका बारेमा कोही बोल्दैनन् । उक्त बिषय कसैको चासो भित्र परेको छैन् ।

भारतले कोभिडको कारण उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै २०७६ फागुणतिर भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएको थियो । जसका कारण भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द थियो । तर कोभिड समस्या समाधान भइसकेपछि भैरहवा लगायतका अन्य नाकाबाट स्थलमार्गबाट पर्यटकको आवाजाही सुचारु भए पनि नेपालगञ्ज र सुदूरपश्चिमको नाकामा भने सूचारु हुन सकेको छैन् ।

‘खासमा हाम्रोतिर भन्दा पनि रुपैडियास्थित भारतीय अध्यागमनका अनलाइन नहुने भएका कारण समस्या उत्पन्न भएको छ ।’ अध्यागमन कार्यालय नेपालगन्जकी प्रमुख दुर्गा ओलीले भनिन–अनौपचारिक कुराकानीमा उहाँहरुले आफ्नोतिर अनलाइन इन्ट्री नभइएको उनीहरुले बताउँछन् ।’ रुपईडिहास्थित भारतीय अध्यागमन कार्यालयले इन्ट्री’ नगर्दाकै कारण यो नाका हुँदै तेस्रोदेशका पर्यटक आउन र जान सक्दैनन् । अध्यागमन कार्यालय प्रमुख पौडेल भन्छिन्, रुपईडिहास्थित भारतीय अध्यागमनले इन्ट्री नै नगर्ने भए पछि हाम्रोतिरबाट पर्यटकको आवाजाही ठप्प छ ।’


रुपैडियास्थित भारतीय अध्यागमन कार्यालयले केही काम नगर्दा नत त्यहाँबाट तेस्रो देशका पर्यटक नेपालगन्ज आउन सक्छन्् नत यहाँबाट भारत नै प्रवेश गर्न पाउँछन् । त्यसो हुन नसकेपछि नेपालगन्जलाई ट्रान्जिट बनाएर नेपालभारत घुम्न आउने पर्यटक आवागमनको संख्या शुन्यमा झरेको पौडेलको भनाई छ ।

नेपालगञ्जबाट पर्यटकका लागि इन्ट्री हुने व्यवस्था नभएपछि पर्यटकहरु अर्को बिकल्पमा भैरहवा जान्छन् जहाँ त्यो काम भइरहेको छ । नेपालगञ्ज नाकाबाट तेस्रो देशका पर्यटक आउन मिल्ने गरी रुपैडियास्थित भारतीय अध्यागमन कार्यालयले किन काम शुरु गर्न सकेको छैन् भन्नेमा स्वंय कर्मचारी आश्चार्यचकित छन् । यस सम्बन्धमा पर्यटन बिभाग समेत जानकार छ तर तर भारतसंग कुराकानी गरेर काम सुचारु गर्ने वातावरण बनाउन सकेको छैन् ।

अध्यागमन कार्यालय नेपालगञ्जका अनुसार, कोभिड अघिसम्म वार्षिक ६ सय जति तेस्रोमुलुकका पर्यटन नेपालगन्ज नाका हुँदै प्रवेश गर्थे । यसरी प्रवेश गरेका पर्यटकले पश्चिम नेपालका पर्यटकीयस्थल भ्रमण गरी काठमाडौं जान्थे भने काठमाडौंमा ओर्लिएका पर्यटक पश्चिमका बिभिन्न पर्यटकीयस्थल घुमेर नेपालगन्ज नाका हुँदै भारत जान्थे ।

तर अहिले यो सबै काम ठप्प छ । कार्यालय खोल्ने र बस्ने काम मात्रै भएको छ । अरु त खासै केही काम छैन ।’ कार्यालय प्रमुख ओलीले भनिन्,अनौपचारिक कुरा गर्दा नेपालगन्ज भंसार जाँच चौकी संचालनमा आएपछि त्यहीबाट पर्यटक आगमनको काम सुचारु हुन्छकी भन्ने आशा पलाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुलुक कांंग्रेसकै नीति अनुसार सञ्चालित छ : उपसभापति खड्का

६ माघ २०८०, शनिबार १७:२७
काठमाडौँ, : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीति अनुसार सञ्चालित भएको बताएका छन । नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए । उनले आगामी महासमिति बैठकपछि महासमिति सदस्यहरुमा […]