कोरोनाबाट भेरीमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता ११ भाद्र २०७८, शुक्रबार १२:३४
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको हो ।

त्रिवेणी गाउँपालिका–७ रोल्पाका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनलाई विहीबार भाइरस संक्रमण पुष्टि भएको थियो । उनी बिहीबार नै भेरीमा भर्ना भएका थिए ।


तर उपचारका क्रममा विहान करिव १० बजे उनको मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ९८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कक्षा १२ का विद्यार्थीलाई खोप दिन शुरु

११ भाद्र २०७८, शुक्रबार १२:३४
नेपालगञ्ज : बाँकेमा आजदेखि कक्षा १२ का बिद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । शुक्रवार र शनिवार दुई दिन आठवटै पालिकामा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोप दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । उनका अनुसार, २०७७ सालमा एडमिट भएर परीक्षा दिनका लागि […]