स्थानीयको अबरोधका बीचमा नरैनापुरका संक्रमितलाई आईसोलेशनमा ल्याईदै

९ जेष्ठ २०७७, शुक्रबार २३:३०
 

सदलाइनडटकम,
नेपालगञ्ज :  बाँकेको नरैनापुर गाउपालिका–३ कालाफाँटामा रहेको नेराप्रावि शंकरनगर कोटिया क्वारेन्टाईनमा रहेका कोबिड–१९ नोबल कोरोना भाइरसका संक्रमितलाई आईसोलेशनमा ल्याउन स्थानीयबाट अबरोध भएको छ ।

ठूलो संख्यामा आएको स्थानीयको भिडले सो क्वारेन्टाईनमा रहेका १३ जना कोरोना पुष्टि भएका संक्रमितलाई लिन गएको एम्बुलेन्सलाई रित्तो फर्काई संक्रमितलाई क्वारेन्टाईनबाट बाहिर निकालेको जानकारी आएको छ ।

सो क्वारेन्टाईनमा रहेका १३ जना संक्रमित मध्ये ३ जनामात्र बाँकी रहेको र बाँकीलाई पनि प्रहरीले घेरा हालेर राखेको ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज मानबहादुर विसिले जानकारी दिए ।

स्थानीयबासिन्दा र जनप्रतिनिधिले प्रहरीलाई कुनैपनि सहयोग नगरेको कारण संक्रमितलाई सुरक्षित आईसोलेशनमा ल्याउन असहज भएको हो । स्थानीयले क्वारेन्टाईनमा बसेकाहरुमा कुनैपनि संक्रमण नभएको भन्ने ढिपी गर्दै उनीहरुलाई आइसोलेशनमा ल्याउन अबरोध पुराउन सुरु गरेका हुन ।


संक्रमितलाई लिन गएकोे एम्बुलेन्स फिर्ता आएको र क्वारेन्टाईनमा पसेर संक्रमितलाई लिएर गएको जानकारी नेपालगञ्ज पुगेपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहको नेतृत्वमा जिल्लाबाट प्रहरीको टोली घटनास्थलमा पुगेर ११ जना संक्रमितलाई आईसोलेशन ल्याउन एम्बुलेन्समा राखेको छ ।

‘११ जनालाई एम्बुलेन्समा राखेर आईसोलेशनमा ल्याउदै छौ । बाँकी २ जनालाई पनि छिट्टै ल्याउने छौ’– प्रहरी नायव उपरीक्षक सिंहले भने–‘ प्रहरीलाई स्थानीय जनप्रतिनिधि र स्थानीयले सहयोग नगर्दा संक्रमितलाई क्वारेन्टाईनबाट आईसोलेशनमा ल्याउन अवरोध भएको छ । कम्तिमा जनप्रतिनिधिले आफ्ना जनतालाई संक्रमणबाट जोगाउन पहल गर्नु पर्ने ठाउमा अबरोध गर्नु दुर्भाग्य हो ।’

नरैनापुरमा पहिलो ८ जना सक्रमितसंगको सम्पर्कमा रहेकालाई जाँच गर्दा पुष्टि भएका ५९ जनालाई आईसोलेशनमा ल्याउने क्रममा समेत स्थानीयले अबरोध गरेका थिए । उनीहरुको समुहले नै पुनः अबरोध गरेको जानकारीमा आएको छ ।

Next Post

कोरोनाको महामारीमा बाँकेका राजनीतिक दलसंगै नागरिक समाज हराएपछि

९ जेष्ठ २०७७, शुक्रबार २३:३०
सदरलाइन / रुद्र सुवेदी नेपालगञ्ज : बाँकेमा कोबिड–१९ नोबल कोरोना भाइरसका संक्रमितको व्यवस्थापनमा जिल्लाको राजनीतिक दल, नागरिक समाजसंगै स्थानीय जनप्रतिनिधिले चासो नदिदा प्रशासनलाई असहजता भएको छ । कोरोना संक्रमणको अत्यन्तै जोखिममा रहेको बाँके स्थानीय जनप्रतिनिधिकै अगुवाईमा संक्रमितलाई आईसोलेशनमा लैजान नदिनु, अबरोध गर्दा जिल्लाका राजनीतिक दल र नागरिक समाज मुक दर्शक […]