
सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कात्तिक १२ र १३ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको हो ।
नेकपा एकिकरण भएपछि स्थायी समिति बैठकको तयारी गरिएको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थायी कमिटी बैठक सरेको हो । पार्टीको तल्लो कमिटी, विभाग, जनवर्गीय संगठनहरुबीच एकताको काम नटुंगिएका कारण पनि बैठक बस्न नसकेको बुझिएको छ ।
अघिल्लो सचिवालय बैठकले सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णुप्रसाद पौडेललाई पार्टी एकताको सम्पूर्ण बाँकी काम र नेकपा केन्द्रीय कमिटीको कार्यविभाजनको अन्तिम खाका बनाउन दुईवटा शक्तिशाली कार्यदल गठन गरेर जिम्मा दिएको छ ।