वडा नं १८ द्वारा जेष्ठ नागरिकलाई कम्बल बितरण

सदरलाइन संवाददाता २९ माघ २०७८, शनिबार १९:३६
 

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ ले जाडो तथा शितलहर बाट बच्नका लागि माघ २९ गते वडा भरीका ६० बर्ष भन्दा माथीका सम्पुर्ण स्थाई बसोबास गर्ने जेष्ठ नागरिक तथा अपांगलाई कम्बल बितरण गरेको छ ।

वडा नं १८ बाट नागरिकता प्राप्त गरेका वडाबासीले नागरिकता तथा अन्य जिल्ला बाट नागरिकता प्राप्त गरेका र हाल यस वडामा बसोबास गरिरहेका वडाबासीले बसाइँसराइको कागजात अथवा मतदाता परिचय पत्र को अधारमा कम्बल बितरण गरेको जानकारी वडा अध्यक्ष बर्माले जानकारी दिए ।


वडा अध्यक्ष बर्माले अलि पहिले नै कम्बल बितरणको योजना रहे पनि कोरोनाको तेस्रो लहर कहरको प्रभाव अत्यधिक तिब्र भएको हुंदा र जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा ब्यक्ति बढी एक ठाउँमा जम्मा नहुने आदेश भएको हुंदा कम्बल बितरण कार्य अलि ढिलो भएको बताए ।

कम्बल बितरण कार्यमा अनुग्रह सेवा संस्था बाट १२५ थान र वडा नं १८ कार्यालय बाट ६०० थान कम्बल बितरण गर्ने योजना रहेको वडा सदस्य दिग्बिजय ढुगांनाले जानकारी दिए । शारीरिक रुपमा अशक्त कम्बल बितरणमा उपस्थित हुन नसकेका वडाबासीलाई घरमा नै कम्बल उपलब्ध गराउने अध्यक्ष बर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ४२ हजार मतदाता थपिए

२९ माघ २०७८, शनिबार १९:३६
नेपालगञ्ज : बाँकेमा करिब ४२ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले साउनदेखि माघ २४ गतेसम्ममा जिल्लामा करिब ४२ हजार मतदाता थपिएको जानकारी दिए । यद्यपी जिल्लाको यकिन मतदाता संख्या निकाल्न भने केही दिन लाग्ने उनको भनाइ छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई माघ […]