रुप फरक !

श्रीराम दहित २४ फाल्गुन २०८१, शनिबार ००:२५
 

 

 

 

हिजो उता सोझालाई कजाउँदै रमाउँदै उनीहरु यता!

खेद्न लखेट्न असाध्य मन छ हाम्रो रुप फेरेर बसेका नदेखिउन यता !

सफेद वस्त्रमा थिए उनै हिजो,आज पित वस्त्रमा सजिएका छन् ।

हामीलाई लाग्यो कि हाम्रो दृष्टिदोष हो या उनैले काँचुलि फेरे छन् ।

समाजसेवी नेतृत्व नभनु कसरी समाजमा दुरुस्त देखिन्छन् ।

मानव हितमा कर्म गरौँ भन्दा बहाना बनाउँदै जिम्मेवारी छोड्छन्

सेवाको नाममा लुटे थुते सबै सके देशलाई नाङ्गो बनाइ छोडिदिए।

होइन भनुँ कसरी उनै हुन् रुप फेरेर  देश खोक्रो पारिदिए।


रुप बदल्नेहरु सामु हामी निरिहले के गरि साध्य हुन्छ र?

परिस्थिति मौसम अनुरुप बदल्नेहरुको पछाडि दौडि साध्य हुन्छ र?

सहारा विहीन हामी न्याय गुहार माग्छौं रुप बदल्ने हरुसंग !

हामी तितो सत्य वचनको लडाइँ सधैं गर्छौं जितेर हार्छौं रुप बदल्नेहरुसंग !

विजेता दुत भुत हुन् समाजका सधैं अगाडि उनीहरु!

राम,हराम दास जस्तै देखिने शोषक परिजिवि हुन् उनिहरु!

पदार्थ जस्तै अनेक रङ्ग उनिहरुको बोलि अनेक सिपले फेर्छछन्!

हामीले हेर्दाहेर्दै कलात्मक रूपमा सहजै सदैव रुप फेर्छछन् !

जिउँदो छँदा कुटनैतिक अपमान लासमा प्रमाण दयालु देखिने उनिहरु!

ताप लिन प्रतापिजनको सलाममा सधैं अधि मायालु देखिने उनिहरु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री आचार्यद्वारा त्रिपिटक पाठ समारोहमा शान्ति र सहअस्तित्वको सन्देश

२४ फाल्गुन २०८१, शनिबार ००:२५
लुम्बिनी  :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान गौतम बुद्धका उपदेशलाई आत्मसात गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन आग्रह गरेका छन् । अखिल नेपाल भिक्षु महासंघको आयोजनामा लुम्बिनीमा सम्पन्न त्रिपिटक पाठ समारोहलाई सम्बोधन गर्दै उनले बुद्ध शिक्षाले विश्वलाई शान्ति र सहिष्णुताको मार्गमा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे […]

ताजा अपडेट