भारतको मुम्बईबाट आएका थिए खजुराका संक्रमित

७ जेष्ठ २०७७, बुधबार १८:४४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा ५ का २७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काका अनुसार उनी जेठ २ गते खजुरा आइपुगेका हुन् । मुम्बईबाट आएका उनी रुपईडिहा नाका हुँदै भित्रिएका हुन् ।
एक दिन रनियापुरमा रहेको क्वारेन्टाइनमा बसेका उनी अर्को दिनदेखि भने बसन्तपुरमा रहेको क्वारेन्टाइनमा रहेका थिए । उनी रहेको क्वारेन्टाइनमा ६ जना रहे पनि उनलाई छुट्टै राखिएको स्वास्थ्य प्रमुख खड्काले बताए । तीन दिन अघि उनको स्वाब संकलन गरिएको थियोे ।
वडा नं. ४ बाट नेपाल भित्रबाट आएर होम क्वारेन्टाइनमा रहेका २ जना र उनको परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलका अनुसार वडा नं. १ मा २ जना, २ मा ५ जना, ३ मा ४ जना, ४ मा ६ जना, ५ मा ६ जना, ६ मा ५ जना, ७ मा ८ जना गरि ३६ जना क्वारेन्टाइनमा राखिएको छ ।
खजुरामा एक जनामा कोरोना पुष्टि भएपछि उढरापुर, रनियापुर र सोनपुरमा थप कडाई गर्दै शील गरिएको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जानकरी दिए । उनले खजुराबासीलाई लगडाउनको पूर्णपालना गरि सुरक्षित रहन पनि आग्रह गरे । संक्रमितलाई कोरोना विशेष अस्पतालमा ल्याइएको छ । सबै क्वारेन्टाइनमा रहेकाको जाँच अगाडि बढाइने बताइएको छ ।

Next Post

स्थानीयको बिरोधका बीचमा ४१ संक्रमित पिपरीमा स्थानन्त्रण

७ जेष्ठ २०७७, बुधबार १८:४४
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको नरैनपुरका कोबिड–१९ संक्रमित मध्यका ४१ जनालाई कृषि विकास तालिम केन्द्र पिपरी कोहलपुरमा स्थान्त्रण गरिएको छ । दुई दिन अघि कोरोना संक्रमणको पुष्टि भएका उनीहरुलाई एकरात एक दिन नेपालगन्जको लायन्स डेन्टल अस्पतालको आईसोलेशनमा राखिएको थियो । २५ बेड क्षमताको सो आईसोलेशनमा नरैनापुरबाट मङ्गलबार राती ल्याइ नेपालगन्जको लायन्स […]