बिभिन्न कार्यक्रमका साथ बाँकेमा मनाइयो कण्डम दिवस

१० कार्तिक २०७५, शनिबार १४:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बिभिन्न कार्यक्रम गरी शनिवार बाँकेमा पनि २४औं कण्डम दिवस मनाइएको छ । ‘दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं’ नाराका साथ नेपालगञ्जमा राष्ट्रिय कण्डम दिवस मनाईएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना, जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेको समन्वय तथा विभिन्न संघ संस्थाको सहयोगमा बिहान जिल्लाको जमुनाहामा कण्डम दिवस मनाईएको हो ।


नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन रामबहादुर चन्द प्रमुख अतिथि रहेका थिए भने नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, राष्ट्रीय एचआईभी एड्स महासंघ क्षेत्रीय संयोजक यामबहादुर तामाङ, ईकाला प्रहरी कार्यालय जमुनाहाका ईञ्चार्ज प्रहरी नायब निरीक्षक शिवकुमार वलीलगायतको उपस्थिति थियो ।


कार्यक्रममा पश्चिम तारा नेपालकी अध्यक्ष परीना चौधरीले कण्डम प्रयोग गर्ने तरिका सिकाएकी थिईन । कार्यक्रममा कण्डम फुलाउने प्रतियोगितासमेत गरिएको थियो । प्रतियोगितामा प्रथम रोहन थारु, द्वितीय लक्ष्मण बिक र तृतीय जयकला बिकलाई कण्डमसहित क्रमशः ५००, ३०० र २०० रुपैयाँ नगद पुरस्कार प्रमुख अतिथि चन्दले प्रदान गरेका थिए ।
उपस्थित सर्बसाधारणलाई निःशुल्क कण्डमसमेत बितरण गरिएको थियो । साथै आज दिनभर सर्बसाधारणको निशुल्क एचआईभी परिक्षण गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरी तिवारीले जानकारी दिए ।



एड्सका कारण हालसम्म बाँकेमा १२८ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्कमा उल्लेख छ । जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ५६५ पुरुष, ४३४ महिला र १३ जना तेस्रो लिङ्गी गरि जम्मा १०१२ जना एचआईभी संक्रमित रहेका छन् भने एआरटी खानेको संख्या ४६० जना रहेको छ ।

Next Post

नवलपरासीमा बस दुर्घटना, ११ घाईते

१० कार्तिक २०७५, शनिबार १४:२५
सदरलाइनडटकम, नवलपरासी : बर्दियाबाट काठमाण्डौका लागि छुटेको बस शनिवार बिहान नवलपरासीमा दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ११ को अरुणखोलमा बिहान बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । ना ६ ख ८४३९ नम्बरको बस सडक छेउमा रोकिराखेको ना ६ ख […]