बाँकेमा बुधवार ३६ संक्रमित थपिँदा १४ जना डिस्चार्ज

सदरलाइन संवाददाता २७ श्रावण २०७८, बुधबार १३:२२
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २०९ वटा नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ८७ नमुना परीक्षण गर्दा १६, मेडिकल कलेज कोहलपुरमा ६९ नमुना परीक्षण गर्दा १४ र बागेश्वरी प्रयोगशालामा ५३ नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका १७ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ७ सय ४९ पुगेको छ । यस्तै बुधवार १४ जना डिस्चार्ज भएका छन् ।

योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय १५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला जनमत संघ बाँकेमा नीतु सिंह

२७ श्रावण २०७८, बुधबार १३:२२
नेपालगञ्ज : जनमत पार्टीको भातृ संगठन महिला जनमत संघ बाँके गठन भएको छ । पार्टीका केन्द्रीय सदस्य नसिमुन शेषको अध्यक्षतामा भएको भेलाले नीतु सिंहको अध्यक्षतामा संघ गठन गरेको हो । त्यस्तै उपाध्यक्षमा ४ जनालाई राखिएको छ । शान्ति गोडिया, अफरोज जहाँ शेष, सायरा बानो राई तथा पूजा सोनी उपाध्यक्षमा चयन […]