स्वास्थ्यकर्मी बस्नेत दम्पत्तीको मानवीय सेवा

सदरलाइन संवाददाता २९ असार २०८०, शुक्रबार १६:०९
 

नेपालगञ्ज : सहयोगी मनका धनी नेपालगञ्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जका सिनियर स्टाफ नर्स संगम रावत वैरागीले आफ्नो वैवाहिक वर्षगाँठमा मानवीय सेवामा समपर्ण गरेर मनाएका छन् ।

नेपालगञ्जका स्वास्थ्यकर्मी बस्नेत दम्पत्तीले आफ्नो १२ औं वैवाहिक वर्षगाँठमा मानव सेवा आश्रममा आश्रय लिएर बसिरहेका बेसहाराहरुलाई लक्षित गरेर बस्नेत र रावत दम्पतीले औषधि, फिल्टर, मिष्ठान र कपडा सहयोग गरेका छन् ।

नेपालगञ्ज–४ गणेशपुर निवासी बस्नेत दम्पतीले सामाजिक सहयोग गर्नुपर्ने सोचका साथ रमाइलो गरेर खर्च गर्नुभन्दा विशेष दिनमा आश्रममा आश्रय लिएर बसेका व्यक्तिहरुलाई केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।


बस्नेत दम्पत्ती आश्रममा स्वच्छ पानीका लागि २५ हजार रुपैयाँ पर्ने अक्वा गार्ड फिल्टर, ८ हजार बराबरको औषधि, एक वर्षीय कुपोषित बालकलाई १५०० रुपैयाँ बराबरको कपडा प्रदान गरेका थिए। साथै बस्नेत दम्पतीले मानसिक समस्याबाट पीडित भएर आश्रममा बसिरहेका ४५ जनालाई मिष्ठभोजन समेत गराएका थिए ।

कुनै गरिव दुखी उपचारवाट बञ्चित भए सहयोग गर्न पुगिहाल्ने जनस्वास्थ्य निरीक्षक बस्नेत कोभिडको समयमा निरन्तर आफ्नो स्वास्थ्यको प्रवाह बिना बिरामीको हेरचाहमा बढी खटिएका स्वास्थ्यकर्मीका रुपमा चिनिन्छन् ।

बस्नेत दम्पत्तीले यसअघि पनि भेरी अस्पतालमा एक्वा गार्ड जडान गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्रोत नखुलेको २० लाखसहित बाँकेमा एकजना पक्राउ

२९ असार २०८०, शुक्रबार १६:०९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट २० लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जयसपुर बस्ने २० वर्षीय सोहेल कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहाले उक्त रुपैयाँसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा चालक भने मोटरसाइकलसहित भागेका […]