बिहे मण्डपमै बेहुलीमाथि गोली प्रहार

४ माघ २०७५, शुक्रबार १८:१८
 

सदरलाइनडटकम,
काठमाण्डौ : दिल्लीको शकरपुर इलाकामा भइरहेको एउटा वैवाहिक कार्यक्रममा एकाएक बन्दुक पड्केको आवाज आयो र भागदौड मच्चियो । वरमालाको लागि बेहुला बेहुली स्टेजमाथि चढ्दै गरेको बेला अज्ञात समूहले बेहुलीमाथि गोली चलाएर फरार भएको थियो ।
गोली लागेर बेहुली गम्भीर घाइते भइन् । भारतको मंडावलीकी पूजा र गीता कोलोनीका फूल व्यापारी भरतको विवाह बिहीवार राति शकरपुरको एउटा पुरानो शिव मन्दिर धर्मशालामा भइरहेको थियो ।
बेहुला बेहुली वरमालाको लागि स्टेजमा पुग्नै लाग्दा कसैले पूजामाथि गोली प्रहार गर्यो । खुट्टामा गोली लागेपछि पूजा स्टेजमा लडिन् र बेहोस भइन् । उनलाई तत्कालै अस्पताल पुर्याइयो । त्यो घटना घटेपछि केही समयको लागि वैवाहिक समारोह रोकिएको थियो । तर पूजाको अवस्थामा केही सुधार आएपनि घाइते अवस्थामै दुलाहा दुलहीले सात फेरा लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



दिल्ली प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । स्थानीय प्रहरीका अनुसार गीता कोलोनीमा बस्ने रिन्कु नामका केटाले पूजामाथि गोली चलाएको थियो । प्रहरीले आरोपितविरुद्ध आईपीसी को धारा ३२६ र हातहतियार एनको धारा २५ अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

Next Post

क्यान्सर अस्पतालबारे निर्णय नलिए खजुराले आन्दोलन चर्काउने

४ माघ २०७५, शुक्रबार १८:१८
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले क्यान्सर अस्पताल खजुराबारे सरकारले यथाशीघ्र निर्णय लिन ध्यानाकर्षण गराएका छन् । उनले सरकारले देशका ९ वटा अस्पताललाई संघको स्वामित्वमा लिनु र खजुरा क्यान्सर अस्पताललाई अनिर्णयको बन्दी बनाउनु जनताको भावना विपरीत भएको बताए । परोपकार मिशन क्यान्सर अस्पताल खजुराका संस्थापक अध्यक्ष […]