सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भइरसको संख्या बढ्दै गएको छ । कोरोजना भाइरसले उग्ररुप लिदै गएपछि नेपालमासंख्या बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
जसमध्ये राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपालगञ्जमा गरिएको परीक्षणानुसार ९ जना थपिएका हुन् । पर्सा, विरगञ्ज बस्ने ९ र १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङको गढवा बस्ने ४, ५ र तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषका साथै
काठमाण्डौका सतुंगल निवासी ७ वर्षीय बालक रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ । हालसम्म पोजेटिभ भेटिएका सबै जनाको अवस्था सामान्य रहेको र उनीहरु सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

