चोरी पैठारी रोक्न जमुनाहा नाकामा कडाई

सदरलाइन संवाददाता ५ माघ २०७९, बिहीबार १५:०७
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहास्थित नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाइ शुरु गरेर चोरी पैठारीलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नयाँ सरकार गठन भएलगत्तै सीमा नाकामा कडाई गरेर अवैध आयात निर्यात शून्यमा झार्ने निर्देशन आएपछि कडाई शुरु गरिएको बताए ।

उनले अवैध चोरी पैठारी रोक्न जिल्लाका विभिन्न नाकामा सशस्त्र द्वन्द्वको बेला विस्थापित भएका छोटी भन्सारलाई फेरि स्थापना गर्ने प्रक्रिया पनि शुरु गरिएको बताए ।


छोटी भन्सार नहुँदा पनि लाखौंको राजस्व चुहावट भइरहेकाले सो रोक्न पनि अतिआवश्यक रहेको प्रहरीको भनाई छ ।

नाकामा कडाइ गरिएपछि अवैध रुपमा भित्र्याउन खोजिएका विभिन्न सामान धमाधम प्रहरी नियन्त्रणमा लिइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । उनले तीन दिनमै पाँच लाखभन्दा बढीको अवैध कपडा बरामद गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस युनियन लुम्बिनीको अध्यक्षमा गौतम, महासचिवमा गिरी चयन

५ माघ २०७९, बिहीबार १५:०७
नेपालगञ्ज : नेपाल प्रेस युनियन लुम्बिनीको अध्यक्षमा सुदीप गौतम निर्वाचित भएका छन् । दाङको घोराहीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट गौतम सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनबाट खुला उपाध्यक्ष जय सिंह केसी, महिला उपाध्यक्षमा सारदा मल्ल, समावेशी उपाध्यक्ष पहलमान घर्ती चयन भएका छन् । यस्तै महासचिवमा नवीन गिरी, खुला सचिवमा […]