दुर्गा विशर्जन तस्बीर र भिडियोमा

३ कार्तिक २०७५, शनिबार २२:५७
 

सदरलाइनडटकम  
नेपालगञ्ज  : हिन्दू धर्मावलम्बीको महान पर्व बडा दशै (शारदीय नवरात्र) मा नवदुर्गा भवानीको मूर्ति राखेर नौ दिनसम्म पूजाआजा गरिएको मूर्ति शनिवार विसर्जन गरिएको छ ।
नेपालगञ्जलगायत आसपास क्षेत्रमा घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति नेपालगञ्जको विभिन्न भागमा परिक्रमा गराई डुडुवा गाउँपालिका वडा नं. ४ कम्दीस्थित राप्ती नदीको सिधनिया घाटमा विसर्जन गरिएको हो ।
यस वर्ष सबै धर्मावलम्बीहरुले सौहाद्रपूर्ण वातावरणमा दशैं मनाएका छन् । नवदुर्गा भवानीको नौ दिनसम्म चलेको पूजामा हिन्दु, मुस्लिम, सिख, इसाईलगायतका धर्मावलम्बीहरुले एकापसमा शुभकामना साटासाट गर्नुका साथै पर्वमा सामाजिक सद्भाव र भाईचारा कायम राख्नको लागि हिन्दू, मुस्लिम, शिख, ईशाई, बौद्ध धर्मका गुरु तथा अन्य समाजका अगुवाहरुको स्थानीय स्तरमा समन्वय र सहभागिता रहेको थियो ।
नेपालगञ्जका स्थानीय युवा समाजसेवी दिपक लोध, मेराज हिमालय, मो हारुन लगयतले पर्व विषेश स्वयमसेवी समिति गठन गरी विभिन्न धर्मम तथा सम्प्रदायको पर्वलाई शान्तिपूर्ण रुपमा मनाउन सक्रियरुपमा खटेका थिए । नेपालगञ्जको साहवा मस्जिद अगाडि सरसफाई गर्दै गरेको अवस्थामा भेटिएका स्वयमसेवी लोधले भने–‘सबै समुदायको पर्व र उनीहरुको आस्थालाई सम्मान गर्ने हो भने आफै समाजमा भाईचारा र सद्भाव कायम गर्न सकिन्छ हाम्रो प्रयत्न पनि त्यही हो ।’
मूर्ति बिसर्जनका लागि हिँडेका भक्तजनहरुलाई सहज बनाउन उनीहरुको टोली नगरका विभिन्न स्थानमा पुगेको थियो । यस्तै सामाजिक कार्यमा खटिन पाएकोमा आफुलाई गर्व महशुस भएको समाजसेबी मेराज हिमालयले बताए ।


Next Post

नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४१ घाईते

३ कार्तिक २०७५, शनिबार २२:५७
सदरलाइनडटकम, नवलपरासी : पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुँदा मृतकको संख्या ६ पुगेको छ । पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका ३ का अब्दुल अन्सारी, भोजपुरका रामजीत राई, मोरङका ११ वर्षीय सुहम कार्की र भारत बिहार घर भएका […]