हङकङलाई ६ विकेटले हराउँदै नेपाल बिजयी

सदरलाइन संवाददाता ५ भाद्र २०८०, मंगलवार १५:२४
 

काठमाण्डौ : चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले हङकङलाई ६ विकेटले हराएको छ ।

मङ्गलबार मलेसियाको वायुमास ओभलमा भएको खेलमा हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि सम्झना खड्काले नटआउट ३६ र पूजा महतोले १६ रन बनाइन् । बलिङतर्फ हङकङकी इक्रा सहर, मारिको हिल, मारयम बिबी र केरी चानले १र१ विकेट लिइन् ।


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ ओभर १ बलमा ८५ रन बनाउँदा अलआउट भयो । हङकङका लागि केरी चानले ३४ र डोरोथिया चानले १६ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता राना मगरले ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन दिँदै ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले २ विकेट लिइन् ।

शनिबारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले बुधवार कुवेतसँग र बिहीबार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिबार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेउबा संघ निर्वाचन : महासचिव पदको पुनः मतगणना तीन दिन स्थगित

५ भाद्र २०८०, मंगलवार १५:२४
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदको पुनः मतगणना कार्य तीन दिनलाई स्थगित गरिएको छ । निर्वाचन आयुक्त टिकाजंग सिंह अस्वस्थ भएर अस्पताल भर्ना भएपछि महासचिव पदको पुनः मतगणना कार्य तीन दिनलाई स्थगित गरिएको जनाइएको छ । सिंहले मंगलवार एक सूचना निकालेर आफू अस्वस्थ भएर अस्पताल भर्ना भएकाले […]