स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाईनमा फर्कदा भब्य स्वागत

२ जेष्ठ २०७७, शुक्रबार २२:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोनाको संक्रमणको त्रास चारै तिर छ । यस्तो त्रासको समयमा मानव स्वास्थ्यका लागि आफ्नो जीवनको समेत प्रवाह नगरी संक्रमितको सेवामा फ्रन्टलाईनमा खटेका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाईनमा फर्कदा उनीहरुको मनोबल बढाउन नागरिक स्तरबाट पहल भएको छ ।

बाँकेको खजुरामा सञ्चालनमा रहेको कोरोना बिशेष आइसोलेशन अस्पतालमा निरन्तर एकसाता सेवा प्रवाह गरी सेल्फ क्वारेन्टाइनका लागि फर्किएका स्वास्थ्यकर्मीको मनोबल बढाउन उनीहरु माथि पष्प वर्षाउदै स्वागत गर्नुका साथै सम्मान गरिएको छ ।

नेपालगञ्जको एक होटलमा उनीहरुलाई सेल्फ क्वारेन्टाईन बस्नको लागि व्यवस्था मिलाईएको छ । साताब्यापी डियूटी सकेर फर्किदा ती स्वास्थ्यकर्मीको मनोवल बढाउन आवास तथा भोजन उपसमिति र होटलका तर्फबाट पुष्प बर्साइएको थियो ।

उपसमितिका संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले महामारीको अवस्थामा ज्यान कै जोखिम मोलेर मानविय सेवामा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन नागरिक स्तरबाट स्वागत गरेको बताए ।


उनले अग्रभागमा रही काम गरेका स्वास्थ्यकर्मीको मनोबल बढाउनु हरेक नागरिकको दायित्व भएको बताउदै यतिबेला आफु पनि संक्रमणबाट जोगिदै अरुलाई जोगाउन तर्फ लाग्नु पर्ने हुँदा स्वास्थ्यकर्मीको हौसला बढाउनु सबैको कर्तब्य भएको कुरामा जोड दिए ।

साताव्यापी आफ्नो डियूटी सकेर सेल्फ क्वारेन्टाईनमा बस्न आएकी भेरी अस्पतालकी नसिङ्गस्टाफ सारदा चौधरीले आफु सचेत भएर आफ्नो कर्तब्य पुरा गरेको र आफुहरुलाई कुनै पनि असहज नभएको बताईन । उनले सबै स्वास्थ्यकर्मीलाई मानविय सेवामा लाग्न आग्रह समेत गरिन । दुई मेडिकल अफिसर, ६ नर्सिङ्ग स्टाफ र सफाईकर्मी गरी १४ जनाको समुह रहेको छ ।

आइसोलेशनमा एक हप्ता कार्यरत रहेका स्वास्थ्यकर्मीलाई चौध दिनका लागि सुविधा सम्पन्न होटलमा सेल्फ क्वारेन्टाइनमा राखिदै आएको छ । त्यसरी क्वारेन्टाइनमा बसेपछि स्वास्थ्यकर्मी फेरी काममा फर्किने गरेका छन् । उनीहरुको आवास तथा भोजनको व्यवस्थापनमा नेपालगन्ज उद्योग वाणिज्य संघले संस्थागतरुपमा सहयोग गर्दै आएको छ ।

सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंकबहादुर धामी भेरी अस्पतालका नर्सिग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, डा.पारस पाण्डेलगायतले कोरोना बिरुद्धको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीको स्वागत गरेका थिए ।

Next Post

आरडिटी पोजेटिभ देखिएको तीन जनाकै पिसिआर नेगेटिभ

२ जेष्ठ २०७७, शुक्रबार २२:५३
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज नाका हुँदै बिहीबार अबेर राती नेपाल भित्रिएका नेपालीको आरडिटी परिक्षणका क्रममा पोजेटिभ देखिएका ३ जनाको थ्रोट स्वाब परिक्षण नतिजा नेगेटिभ आएको छ । उनीहरुको शुक्रबार बिहान गरीएको आरडिटी जाँचमा पोजेटिभ देखिएका तीनै जनाको भेरी अस्पतालको ल्याबमा परिक्षण हुँदा शुक्रबार अबेर रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय […]