मुटु स्वास्थ्यबारे नेपालगञ्जमा पत्रकारहरुसंग अन्तरक्रिया

सदरलाइन संवाददाता १० पुष २०८०, मंगलवार १७:३१
 

नेपालगञ्ज : मुटु सुरक्षाबारे नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । दैनिक नेपालगञ्जकर्मी ऋषिराज गैरेको ४५औं पुण्यतिथिको सन्दर्भमा पत्रकारहरुसंग मुटु सुरक्षाबारे अन्तरक्रिया गरिएको सम्यक मिडियाका कार्यकारी अध्यक्ष एवम् दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरेले बताए ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास नेपालले मुटु स्वास्थ्यको अवस्था र सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीबारे चर्चा गरेका थिए । पत्रकारहरुमाझ उनले मुटु स्वस्थ कसरी राख्ने, कम उमेरमै देखिन थालेको हृदयाघातबाट कसरी जोगिने, स्वस्थ जीवनशैलीका लागि कस्तो खानपिन गर्ने लगायतका विषयमा जानकारी गराएका थिए । पत्रकारहरुले राखेका मुटु सम्बन्धि विभिन्न जिज्ञासा पनि उनले मेटाएका थिए ।


डा. नेपालले पछिल्लो समय युवाहरुमा बढ्दै जान थालेको हृदयाघातको मुख्य कारण धुम्रपान रहेको बताए । अस्वस्थकर जीवनशैलीले मुटुको जोखिम बढाएको उनको भनाई छ । स्वर्गीय गैरेको हृदयाघातबाट गत मंसिर १ गते ४० बर्षकै उमेरमा निधन भएको थियो । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. नेपाल भेरी अस्पतालमा कार्यरत छन् ।

ऋषि झलकका भाई हुन् । उनले हृदयाघातबाट स्वर्गीय गैरेको अल्पायुमै भएको मृत्युबरणले मुटु सुरक्षाबारे सबै सजग र सचेत हुनुपर्ने आवश्यकता महसुस गरेर अन्तरक्रिया कार्यक्रम राखेको बताए । कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी जीवन शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिपर गुडेपछि कालोपत्रे सडक जोखिममा

१० पुष २०८०, मंगलवार १७:३१
नेपालगञ्ज : बर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक आफ्नै आँखा अगाडी कालोपत्रे भएपछि दंग परेका बाँके, फत्तेपुरका मल्लबहादुर रोकाक्षेत्री अहिले भने चिन्तामा छन् । कालोपत्रे सडक भएर दैनिक रुपमा सयौंको संख्यामा नदीजन्य सामाग्रीहरु ओभरलोड बोकेका टिपरहरु पानी चुहाउँदै गुड्छन् । एकाबिहानैदेखि राती अबेरसम्म टिपरले चुहाएको पानी सडक भरी रहन्छ […]

सम्बन्धित