सद्भाव कलर हाउसद्वारा विक्रीवितरण शुरु

४ माघ २०७६, शनिबार १७:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : करीब एक करोड लागतमा नेपालगञ्जमा सद्भाव कलर हाउसले आफ्नो औपचारिक विक्रीवितरण शुरु गरेको छ । बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसको एक कार्यक्रमका बीच उद्घाटन भएको हो । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिवन काटेर औपचारिक उद्घाटन गरेका हुन् ।
अध्यक्ष बैश्यले उद्योग वाणिज्य संघको चुनावी सरगर्मी चलिरहेको बेला ब्यापार ब्यवसायमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यका साथ खोलिएको सद्भाव कलर हाउसको सफलताको शुभकामना दिए ।
नेपालगञ्ज उपमहानगरपालिका कारकाँदो चोकमा रहेको सद्भाव कलर हाउसको उद्घाटनमा नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका प्रत्यासी अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियार तथा समाबेसी उद्योगी व्यवसायी समुहका प्रत्याशी अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नालगायतको सहभागिता रहेको थियो ।



उद्योग वाणिज्यसंघको निर्वाचनकै बेला सद्भाव कलर हाउसको औपचारिक उद्घाटन गरिएकोमा उनीहरुले खुशी ब्यक्त गर्दै ब्यापारको सफलताको शुभकामनासमेत दिएका थिए । बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसले बाँकेसहित बर्दिया, सुर्खेत, दाङ लगायतको क्षेत्रमा विक्रिवितरण गर्ने सद्भाव कलर हाउसका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । प्रबन्ध निर्देशक बिष्णु ओलीका अनुसार एक करोड लागतमा सद्भाव कलर हाउस सञ्चालनमा आएको हो ।

Next Post

श्रीमतीको हत्या आरोपमा जेल चालान

४ माघ २०७६, शनिबार १७:५५
सदरलाइनडटकम, प्युठान : प्युठानमा श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति कारागार चलान भएका छन् । कुटपीट गरी श्रीमतीको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका वडा नम्वर १ का ५५ वर्षीय मनप्रसाद शेरचनलाई जिल्ला अदालत प्युठानले पुर्पक्षका लागि कारागार चलान गरेको हो । पुष ६ गते ५५ वर्षीय मनप्रसादले आफ्नी ५४ वर्षीया […]

सम्बन्धित