आज पाँचौ राष्ट्रिय पत्रकारिता दिवस

२४ बैशाख २०७७, बुधबार १३:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आज पाँचौ राष्ट्रिय पत्रकारिता दिवस । कोरोना भाइरस संक्रमणको जोखिमका कारण मुलुक लकडाउनभएका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन् । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।
त्यस्तै सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विक्रम सम्वत १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन शुरु भएको हो ।
दिवसका अवसरमा नेपाल पत्रकार महासंघले सञ्चारकर्मी र यस क्षेत्रका सरोकारवालाई शुभकामना दिएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले शुभकामना सन्देश जारी गरी गोरखापत्रको १२० औं वार्षिकोत्सव तथा पाँचौ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै सबै महानुभावहरुमा शुभकामना दिएका छन् ।
उनले नेपाली सञ्चार क्षेत्रको पुर्नसंरचना, सञ्चार सम्वन्धी नयाँ कानून र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सबै तहका सरकारहरुले पेलेरै एकपक्षीय ढंगले अघि बढ्छु भन्ने सोंच त्याग्न सकुन भन्ने कामना पनि गरेका छन् ।

Next Post

नेपालगञ्जस्थित सेना र प्रहरीको अस्पतालमा कोरोनाको उपचार गरिने

२४ बैशाख २०७७, बुधबार १३:२६
सदरलाइनडटकम, बुटवल : कोरोना संक्रमितको उपचारका लागि नेपालगञ्जस्थित नेपाली सेना र नेपाल प्रहरीका अस्पताललाई प्रयोगमा ल्याइने भएको छ । संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्वको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ती अस्पतालहरूलाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । बैठकले परीक्षणको दायरा बढाउँदै आवश्यक […]