उत्तरबाट बाहिरिन थाल्यो पानी पार्ने प्रणाली

१९ पुष २०७६, शनिबार १४:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : शनिवार बेलुकीदेखि देशभरकै मौसम सुधारिने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यद्यपि, शनिवार दिउँसो र साँझपख केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता पहाडी भागमा वर्षा तथा हिमाली भागमा भारी हिमपात भइरहेको छ । महाशाखाका अनुसार, शनिवार बेलुकीपखबाट यो क्रममा सुधार आउने छ ।
शनिवार विहान नेपालगञ्जको अधिकतम १७ दशमलव ५ र न्युनतम तापक्रम ८ दशमलव ५ रहेको छ भने वीरेन्द्रनगर सुर्खेतको ७ दशमलव २ मापन गरिएको महाशाखाले जनाएको छ । यस्तै दाङको न्युनतम तापक्रम ६ दशमलव २ र धनगढीको ९ डिग्री मापन गरिएको छ ।
बुधवार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको नयाँ मौसम प्रणाली देशको उत्तरपूर्वी भूभाग हुँदै बाहिरिन थालेको मौसमविदको भनाइ छ । मौसमविद् समिर श्रेष्ठका अनुसार, तराईका जिल्लाको मौसम अहिले सफा भइसकेको छ । काठमाण्डौसहित मध्यका तराईसँगै पूर्वी पहाडी भागमा बेलुका हल्का वर्षा भएपनि त्यसपछि यी क्षेत्रको मौसम सुधारिने उनले बताए ।
काठमाण्डौमा शुक्रवार बिहानदेखि वर्षा भएपनि शनिबार पानी परेको छैन । महाशाखाका अनुसार काठमाण्डौको न्यूनतम तापक्रम शनिवार बिहान ५ डिग्री सेल्सियस मापन भएको छ ।

Next Post

नेपालगञ्जमा हवाई यात्रुको चाप बढ्यो

१९ पुष २०७६, शनिबार १४:२०
सदरलाइनडटकम, नेपालगञ्ज : चिसो बढेसँगै नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप बढेको छ । राँझा विमानस्थलबाट अहिले दैनिक ५० उडान भइरहेका छन् भने यात्रुलाई टिकट पाउन मुस्किल परेको छ । नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक हवाईजहाज चढेर आवतजावत गर्ने यात्रुको संख्या एक हजार २०० देखि एक हजार ५०० सम्म […]