सदरलाइनडटकम,
नेपालगञ्ज : भारतबाट नेपालगञ्ज ल्याइएका सात सय नेपालीको शुक्रवारदेखि आरडिटी परीक्षण शुरु भएको छ । बिहीवार राती २ बजेसम्म उद्धार गरिएका सात सय नागरिकको आरडिटी विधिबाट कोरोना परीक्षण शुरु गरिएको हो ।
परीक्षण गरिएकामध्ये अहिलेसम्म तीन जनामा कोरोनाको एन्टिबडी देखिएको नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले जानकारी दिइन् । भारतबाट नेपाल फर्किएकामध्ये सबैभन्दा धेरै कर्णालीका छन् ।
झापा, गोरखा, स्याङ्जा, दोलखा, नुवाकोट, दाङ, सल्यान, रोल्पालगायत जिल्लाका छन् । भारतको बहराईच लगायत जिल्लाहरुको क्वारेन्टिनमा एक डेढ महिना बसेर अलपत्र परेकालाई उद्धार गरिएको उनले जानकारी दिइन् ।


