सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा शनिवार प्राप्त ५६ रिपोर्टको नतिजा नेगेटिभ आएको छ । गत बिहीवार नेपालगञ्जका विभिन्न स्थानबाट संकलन गरिएका स्वाबमध्ये ४८ वटाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी नेपालगञ्ज मेडिकल कलेजमा रहेका ८ जनाको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । कोरोना भाईरसको जोखिम बढेपछि नेपालगञ्जका बिभिन्न क्षेत्रबाट स्वाब संकलन गर्ने कार्य तीब्र पारिएको छ । संक्रमित ब्यक्तिको सम्पर्कमा आएका अन्य ब्यक्ति तथा समुदायमा कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिँदै छ ।


