सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा १६ जनासहित देशभरमा १ सय १४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले बुधवार दिएको जानकारी अनुसार बाँकेको डुडुवा गाउँपालिकामा २ जना, राप्तीसोनारीमा ७, बैजनाथ गाउँपालिकामा ६ र खजुरामा १ जना कोरानाका नयाँ संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।
जसमध्ये ७ सय ९६ पुरुष र ९० जना महिला रहेको मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


