सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै नेपालगञ्जमा लागु गरिएको निषेधाज्ञा शुक्रवारबाट हटाइने भएको छ । यद्यपी सरकारले लागु गरेको लकडाउनमा भने थप कडाई गर्ने तयारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीवार भएको सर्वदलीय, सर्वपक्षीय बैठकले अत्यावश्यकीय सामग्री खरिदका लागि बिहान ११ बजेदेखि ३ बजेसम्म निषेधित क्षेत्र खुकुलो बनाउने निर्णय गरेको हो ।
लकडाउनका बेला जिल्ला प्रशासनले जारी गरेको पास बाहेकका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिने भएको छ ।


