सदरलाइनडटकम,
बर्दिया : बर्दियाको गुलरिया नगरपालिकाको क्वरेन्टीनमा बसेका एक जनाको मृत्यु भएको छ । बबई क्याम्पसमा रहेको क्वारेन्टीनमा बसेका ५५ वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।
हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । उनी दुईदिन अघि अछाम जिल्लाबाट बर्दिया आएको बुझिएको छ । स्वाब परीक्षण गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलालाल लामिछानेले बताए ।


