सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेमा हाजिर भएको डेढ महिनामै प्याकुरेलको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा प्रशासनमा सरुवा भएको हो ।
नेपालगञ्जमा कोरोना संक्रमण समुदायमा फैलिएको अवस्थामा प्रशासनमा अव्वल दख्खल भएका प्याकुरेलको प्रशासनमा सरुवा भएको बताइएको छ ।


