सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा मंगलवारदेखि निषेधाज्ञा घोषणा गरिने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमवार बसेको सर्बदलीय बैठकले २३ गते ११ बजेदेखि २५ गते मध्यरातिसम्म निषेधाज्ञा घोषणाका लागि सिफारिस गरेको हो ।
रोगको संक्रमण पÞmैलिन नदिन कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन र स्याम्पल संकलन बढी भन्दा बढी गर्न निषेधाज्ञा घोषणा गर्न लागिएको नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले जानकारी दिए ।
यसैगरी रानीतलाउ र बिपि चोकको तरकारी मण्डि बन्द गर्ने निर्णय भएको छ । नेपालगञ्जमा १६ जना संक्रमित भेटिएपछि प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल नेपालगञ्ज पुगेर स्थलगत जानकारी लिएका छन् ।




