सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरस्थित रोहिणी खोलामा सुत्केरी बोकेको एम्बुलेन्स खस्दा ६ जना घाइते भएका छ्न ।
मेडिकल कलेज कोहलपुरबाट चार दिने सुत्केरी बोकेर गइरहेको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स कोहलपुर नगरपालिकाको वडा नं. १२ स्थित रोहिणी खोलामा खसेको हो । एम्बुलेन्स सडकदेखि झण्डै सय मिटर तल खोलामा खसेको बताइएको छ ।
एम्बुलेन्समा चार दिने सुत्केरी प्रमिला परियार, चार दिने छोरी, उनका श्रीमान, ससुरा, एम्बुलेन्स चालक र साहु गरी ६ जना सवार थिए । दुर्घटनामा परेका सबै जना घाइते भएका छन् । उनीहरु सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।


