सदरलाइनडटकम,
काठमाण्डौ : नवलपरासीमा एकजना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुष हुन् ।
उनको भरतपुरस्थित कोभिड ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको अधिकारीले बताएका छन् ।


