सदरलाइनडटकम,
कैलाली : धनगढीको प्रयोगशालामा गरिएको १ सय १० जनाको थ्रोट स्वावको परीक्षण नेगेटिभ आएको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बझाङका समेत गरी १ सय १० जनाको थ्रोट स्वावको नमूना परीक्षण गर्दा नेगेटिभ आएको हो ।
सेती प्रादेशिक अस्पतालका मेडिकल रेकर्डर दिलीप श्रेष्ठले शुक्रवार जाँच गरिएका सबै नमूना नेगेटिभ आएको जानकारी दिए । उनले कैलालीका ४८, बझाङका १२, डडेल्धुराका ६, कञ्चनपुरका ७, काठमाण्डौंका १०, लमजुङको १, पर्सा २, बैतडीको १, बाँकेको १, जुम्लाको १, धादिङको १, सर्लाहीको १ जनाको थ्रोट स्वावको नमूना परीक्षण गरिएको बताए ।
