२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

मन्त्री बरालद्वारा बाँकेका अस्पताल, क्वारेन्टाईनकाे अनुगमन



सदरलाइनडटकम,
नेपालगञ्ज :  प्रदेश पाँचका समाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना न्यूनिकरण तथा रोकथामका लागि बाँकेमा भएका प्रयास बारे जानकारी लिएका छन् ।

उनले साे अवसरमा प्रदेश सरकार अहिलेकाे अवस्थामा गम्भीर ढंगले लागि परेको बताउदै हरसम्भव उपाए अपनाईएकाे जानकारी दिए ।

शनिबार विहान सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा सन्चालनमा ल्याइएको कोरना विशेष आइसोलेशनको निरीक्षण गर्दै उनले सकेसम्म संक्रमण भित्रिनै नदिने गरी प्रदेश सरकार लागि परेको बताए ।

उनले आइसोलेशनलाई थप व्यवस्थित गर्न सकिने पहलका बारेमा समेत गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिसँग राय सुझाव लिएका थिए ।

त्यसक्रममा अध्यक्ष कक्षपतिले गाउँपालिकाले कोरोना संक्रमण विरुद्ध गरिरहेको कामबारे जानकारी गराए ।

प्रदेश सांसद कृष्णा केसी नमूनाले भारतबाट भित्रिने नेपालीहरुको उचित व्यवस्थापन चुनौति बनेको बताउदै उनिहरूकाे ब्यबस्थापनमा ध्यान दिन अागर्ह गरिन ।

मन्त्री बरालकाे टाेलिले शनिबार बिहान भेरी अस्पताल, खजुराकाे क्यान्सर अस्पताल र दशगजामा रहेकाे अस्थाई क्वारेन्टाइनकाे अनुगमन गरेका थिए ।

साे अनुगमनका करममा बाँकेका सिडिओ कुमार बहादुर खड्का, बाँकेका एसपी बीरबहादुर ओली, भेरी अस्पतालका मेसु डा.प्रकाश बहादुर थापालगायतको सहभागीता रहेको मन्त्री बरालसँगै रहनुभएकी नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले जानकारी दिईन ।

प्रकाशित मिति : २०७६ चैत २२ गते शनिबार
ताजा समाचार